Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिसानको शैक्षिक मेला नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई शैक्षिक मेला गर्न बाटो खुला भएको छ ।

बुधबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको इजलासले महानगरलाई मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

एसइई र प्लस टुको रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो ।

महानगरको कदमविरुद्ध हिसानले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077