काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा आफ्नो दोस्रो खेलमा युएईले ओमानलाई २ सय २८ रनको लक्ष्य दिएको छ ।
बुलवायो स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रनको योगफल बनाएको हो ।
युएईका लागि आयान खानले सर्बाधिक ५८ रन बनाए भने वृत्य अरविन्दले ४९ रन बनाएका थिए । त्यस्तै रमीज शाहजादले ३८, असिफ खानले २७ रन बनाएका थिए ।
ओमानको लागि जय ओडेराले ३ तथा फैयज बट र बिलाल खानले समान २-२ विकेट लिए ।
Leave a Reply