Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • कस्तो छ सवारी दुर्घटनामा मृत्यु भएका मन्त्री सिंहका पीएसओको स्वास्थ्य अवस्था ?

    कस्तो छ सवारी दुर्घटनामा मृत्यु भएका मन्त्री सिंहका पीएसओको स्वास्थ्य अवस्था ?

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा घाइते भएका निजी सुरक्षा अधिकारी (पीएसओ) को स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

    बाँकेको कोहलपुरमा उपचाररत मन्त्रीका पीएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको हो ।



    बेदकोट नगरपालिका-५ घर भएका प्रहरी सहायक हवल्दार भण्डारी मन्त्री सिंह सवार गाडी दुर्घटनामा घाइते भएका थिए ।



    पीएसओ भण्डारीको स्वास्थ्य अवस्था सुधार भइरहेको र उनको घाँटी भन्दा अलि तल कम्मर नजिकको हड्डी क्रेक भएको कोहलपुर मेडिकल कलेजले जनाएको छ ।

    मंगलबार बझाङ जाँदै गर्दा सवारी दुर्घटनामा परी मन्त्री सिंहसहित तीन जनाको मृत्यु भएको थियो । मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नंको गाडी केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार