काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन गर्नुपर्ने अवस्थाका लागि समेत सरकार तयार रहेको बताएकी छन् ।
मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।
सञ्चारमन्त्री शर्माले भनिन्,‘सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्नै मिल्दैन भन्ने बुझाई गलत हो । बजेट संशोधन गर्नुपर्ने अवस्था हुँदैमा सरकार असफल हुने भन्ने हुँदैन । पहिलेका सरकारले ल्याएका बजेटमा पनि सबैको चित्त बुझेको भन्ने छैन । हामीलाई थाहै छ, पहिले एउटै पार्टी नेकपा हुँदासमेत बजेटका विषयमा संसद्मा असन्तुष्टिहरू आएकै हुन् । असन्तुष्टि आउने कुरा स्वाभाविक पनि हो ।’
सञ्चारमन्त्री शर्माले बजेटमा संशोधन गर्दैमा सरकार नै असफल हुन्छ भन्ने नहुने बताईन्। सञ्चारमन्त्री शर्माले बजेट संशोधन गर्नुपर्ने अवस्थाका लागि समेत सरकार तयार रहेको बताईन् ।
अहिले बजेटमाथिको छलफल चलिरहेको भन्दै आवश्यकता परेको अवस्थामा सरकारले बजेट संशोधन गर्न पनि सक्ने र त्यस्तो नभएमा पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
Leave a Reply