Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • मन्त्री सिंहको निधनप्रति कांग्रेस सुदूरपश्चिम महामन्त्री खड्काले दिए श्रद्धाञ्जली

    मन्त्री सिंहको निधनप्रति कांग्रेस सुदूरपश्चिम महामन्त्री खड्काले दिए श्रद्धाञ्जली

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.8K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति प्रदेशसभा सदस्य तथा कांग्रेस सुदूरपश्चिम महामन्त्री मेघराज खड्काले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    दुर्घटनामा सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको घटनाप्रति प्रदेशसभा सदस्य खड्काले आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।



    सिंहका परिवार र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दै प्रदेशसभा सदस्य खड्काले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।



    कांग्रेस सुदूरपश्चिम महामन्त्री खड्काले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘माननीय मन्त्री सिंह ज्यूले नेपालको लोकतान्त्रीक आन्दोलनमा पुर्‍याएको योगदान र समाज सेवा प्रति वहाँको समर्पण भाव हामी सबैका लागि अविस्मरणिय रहनेछ । सरल स्वभाव र मिलनसार व्यक्तित्व माननीय सिंह ज्यूको देहावासनले नेपाली कांग्रेस पार्टी र सुदूरपश्चिम प्रदेश सभालाई अपुरणीय क्षती भएको छ ।’

    मंगलबार बझाङ जाँदै गर्दा सवारी दुर्घटनामा परी मन्त्री सिंहसहित तीन जनाको मृत्यु भएको थियो । गाडीमा सवार दुई जना घाइतेको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार