Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • मन्त्री सिंहको पार्थिव शरीरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीले ओढाए राष्ट्रिय झन्डा

    मन्त्री सिंहको पार्थिव शरीरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीले ओढाए राष्ट्रिय झन्डा

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 1.3K
    SHARES

    धनगढी । गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीले राष्ट्रिय झन्डा ओढाएका छन् ।

    प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले सिंहको पार्थिव शरीरमा ओढाएर श्रद्धाञ्जली दिएका हुन् । सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखिएको छ।



    साथै प्रदेशका मन्त्रीहरू, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, प्रदेश सभा सदस्यहरू, आफन्त, शुभचिन्तक, राजनीतिक दलका नेता कार्यकर्ताहरूले अर्पण गरेका छन्।



    धनगढीबाट गृहजिल्ला बझाङ जाँदै गरेका मन्त्री सिंह सवार सु.प.प्र. ००१ झ४८० नम्बरको गाडी दुर्घटनामा मन्त्री सिंहसहित तीनजनाको निधन भएको थियो।

    मन्त्रीसहित पत्नी अमृता र भाउजू जयादेवी सिंहको दाहसंस्कार बझाङमै गरिने कार्यक्रम रहेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार