काठमाडौं । नेपालका सबै सरकारी निकायको वेवसाइट डाउन भएको छ । सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सरकारी वेवसाइटहरू डाउन भएका हुन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार विद्युत् आपूर्तिमा समस्या आएपछि वेबसाइट डाउन भएका छन् ।
‘सिंहदरबाभित्र रहेको नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर आज बिहान पड्किएको थियो,’ केन्द्रले भन्यो, ‘दिनभरि वैकल्पिक माध्यमबाट काम चलाए पनि अहिले धान्न नसकेपछि सबै वेबसाइट डाउन भएका हुन् ।’
केन्द्रीय सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सिस्टम पनि चलेको छैन । जसका कारण हवाई उडानलगायत अति आवश्यक काम पनि प्रभावित भएका छन् ।
Leave a Reply