Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुदूरपश्चिम सरकारले दियो बुधबार प्रदेशभर शोक बिदा

    सुदूरपश्चिम सरकारले दियो बुधबार प्रदेशभर शोक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.6K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ ।

    मंगलबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलि (बुधबार) सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



    मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका अनुसार बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।



    मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

    गम्भीर घाइते भएका मन्त्री सिंहको नेपालगन्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार