काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन ९आन्तरिकतर्फ० को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्य प्रति लिटर ३.६९ रुपैयाँले सस्तो रहेको निगमले उल्लेख गरेको छ ।
अन्य इन्धनको मूल्य भने यथावत रहेको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेलको १५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।
Leave a Reply