Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेपाललाई दोस्रो झट्का, ओपनर कुशल ३९ रनमा आउट

    नेपाललाई दोस्रो झट्का, ओपनर कुशल ३९ रनमा आउट

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत अमेरिकाविरुद्ध नेपाललाई दोस्रो झट्का लागेको छ ।

    विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह ‘बी’मा अमेरिकाविरुद्ध दुई सय आठ रनको लक्ष्य पछ्याइरहेको नेपालका दुवै ओपनर पभिलियन फर्केका हुन् ।



    कुशल भुर्तेलसँग ओपनिङमा उत्रिएका आसिफ शेख १६ बलमा १२ रन जोडेर सौरभ नेत्राभल्करको बलमा एलबडीडब्लूको शिकार भएका थिए।



    कुशल १७औं ओभरमा नोस्थुस केन्जिगेको बलमा कट एन्ड बोल्ड भए। नेपालले १७ ओभरमा दुई विकेट गुमाएर ७६ रन जोडेको छ।

    नेपाललाई जितका लागि ३२.५ आभेरमा एक सय ३२ रन आवश्यक छ। पहिलो इनिङमा सयान जहानगिरको अविजित शतकप्रेरित अमेरिकाले नेपाललाई दुई सय आठ रनको लक्ष्य दिएको थियो।

    जिम्बाब्वेको तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गर्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार