Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बझाङ जीप दुर्घटना : कानूनमन्त्री सिंहकी पत्नीसहित दुई जनाको मृत्यु

    बझाङ जीप दुर्घटना : कानूनमन्त्री सिंहकी पत्नीसहित दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ ।

    बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा आन्तरिक मामिलामन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकी सिंहको मृत्यु भएको हो ।



    घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।



    उनीहरुको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए ।

    मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार