Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपतिको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।

राष्ट्रपति पौडेलको मुटुको चालमा समस्या देखिएपछि गएको शुक्रबार राति अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077