Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई परराष्ट्रमन्त्री साउदको निर्देशन

    ‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई परराष्ट्रमन्त्री साउदको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 693
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको नक्साबारे वास्तविकता बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन् ।

    मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले अखण्ड भारतको नक्साबारे बुझेर रिपोर्ट बुझाउन नेपाली दूतावासलाई निर्देशन दिएको बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले भने, ‘हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउनु हुन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको यो समितिलाई स्पष्ट गर्न चाहन्छु ।’



    मन्त्री साउदले भारतले बनाएको नयाँ संसद भवनभित्र राखेको अखण्ड भारतसम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तुलगायतका नेपाली भूभाग पनि समेटिएको विषयमा भारत सरकारको आधिकारीक धारणा आएको बताए ।

    अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनेर भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको उनले जानकारी गराए ।

    मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पाउन नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार