Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रास्वपा सांसद ढकालको टिप्पणी – संसद भवनभित्रको बेथितिले लज्जाबोध गरायो

    रास्वपा सांसद ढकालको टिप्पणी – संसद भवनभित्रको बेथितिले लज्जाबोध गरायो

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 555
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संघीय संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध गराएको टिप्पणी गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजाभत्ताको व्यवस्था गरिएपनि १२ घण्टा काममा खटिने मर्यादापालकलाई एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको टिप्पणी गरेका हुन् ।



    उनले भने, ‘यहीभित्र संसद् सचिवालयका कर्मचारीहरूको खाजाभत्ता छ । मर्यादापालक दाजुभाइ, दिदीबहिनीहरूको १२ घण्टासम्म यहाँ डिउटी गर्नुहुन्छ, उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन । यहीभित्र भएको विभेद, बेथिति, आँखाअगाडिको यो बेथिति हेरिरहँदाचाहिँ लज्जाबोध हुन्छ ।’



    सांसद ढकालले संघीय संसद सचिवालयमा छानो टाल्न आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग माग समेत गरे ।

    सांसद ढकालले संघीय संसद भवनभित्र आफ्नो आँखा अगाडि भइरहेको बेथिति र विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार