Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्ड र सांसदबीच शुक्रबार संसदमा प्रश्नोत्तर हुने

    प्रधानमन्त्री प्रचण्ड र सांसदबीच शुक्रबार संसदमा प्रश्नोत्तर हुने

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 693
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम शुक्रबार हुने जानकारी सदनलाई गराएका हुन्।



    सभामुख घिमिरेले यसका लागि प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको पनि जानकारी दिए। उक्त समूहमा १५ जना सांसद सदस्य रहने जनाईएको छ ।



    आज अपराह्न ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष पेश गर्न पनि उनले अनुरोध गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार