काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौंबाहिर प्रदर्शन भएको छ ।
आमरण अनशनरत उपप्राध्यापक चलाउनेको समर्थन र उनको मागमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनहरु सुरु भएको हो ।
बृहत् नागरिक आन्दोलनले काठमाडौं जिल्ला अदालत परिसर अगाडि र प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रदर्शन गरेका छन् ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।
सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन् ।
Leave a Reply