Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • भारतीय राजदूत श्रीवास्तवले भने – हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ

    भारतीय राजदूत श्रीवास्तवले भने – हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 798
    SHARES

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत र नेपाल सरकारबीच हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् ।

    लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन् ।



    उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।



    राजदूत श्रीवास्तवले भने,‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ।’

    राजदूत श्रीवास्तवले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको बताए ।

    राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको बताए । उनले नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै योगा फैलिनु खुशीको विषय भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार