Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नेपाली जनताको भान्सा महँगो भयो, आलु प्याजमा लगाएको कर सुधारौँ : शेखर कोइराला

    नेपाली जनताको भान्सा महँगो भयो, आलु प्याजमा लगाएको कर सुधारौँ : शेखर कोइराला

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 906
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए ।



    उनले जुनसुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गरे ।



    उनले नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु, प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार