Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा जुट्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा जुट्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 621
    SHARES

    संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीग्रस्त क्षेत्रमा युद्धस्तरमा राहत र उद्धारको काम गर्ने बताएका छन् ।

    सोमबार सेनाको हेलिकप्टरबाट बाढीग्रस्त क्षेत्र आइपुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताउका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले बाढी र पहिरोले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने पनि बताए ।

    प्रधानमन्त्री प्रचण्डले तत्कालै बाढीले बगाएका पक्की पुलमा बेलिब्रिज बनाउने र आवतजावत सहज बनाउने बताए।

    तीन वटै जिल्लामा भएको क्षतिको विवरण हेरेर सरकारले नयाँ कार्यक्रम ल्याउने पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार