Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड संखुवासभामा

    पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड संखुवासभामा

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 750
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने सिलसिलामा संखुवासभा पुगेका छन् ।

    बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत् संखुवासभा पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ ।



    प्रधानमन्त्री प्रचण्डसंगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ पनि पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभा पुगेका छन् ।



    शनिबार राती आएको अविरल वर्षाका कारण संखुवासभाको हेँवा खोलामा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार