Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक जना वृद्धालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतकी ७० वर्षीया बिबीकुमारी गुरूङ रहेकी छन् । विमानस्थलको आन्तरिक उडानतर्फबाट प्रहरीले ५३ लाख ८ हजार ५०० रुपैयाँसहित गुरूङलाई पक्राउ गरिएको हो ।

ह्यान्ड ब्यागेज चेकिङ गर्नेक्रममा  गुरूङको साथबाट स्रोत नखुलेको उक्त रकम फेला परेको थियो ।

आइतबार अपराह्न साढे ४ बजेतिर  बुद्ध एयरको फ्लाइटबाट भैरहवा जान लागेको बेला गुरूङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक्सरे मेसिनमा स्क्रिनिङ गर्नेक्रममा उक्त रकम देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई कार्यालय जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077