Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सरकारविरुद्ध धर्ना दिन अदालत पुगेका उपप्राध्यापक चलाउने पक्राउ

    सरकारविरुद्ध धर्ना दिन अदालत पुगेका उपप्राध्यापक चलाउने पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक प्रेम चलाउने धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका छन् ।

    आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन अदालत पुगेका उपप्राध्यापक चलाउने पक्राउ परेका छन् ।



    उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए । चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।



    भोलि ५ गते पेशी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार