Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिमकोटबाट हिल्सा जाँदै गरेको जीप कर्णाली नदीमा खस्यो

हुम्ला । कर्णाली नदीमा जिप खसेको छ । सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लेका थिए ।

जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि सुर्खेत अस्पताल लैजान लागिएको हुम्ला प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077