Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अमेरिकी विदेशमन्त्री ब्लिङ्कन र चिनिया समकक्षी काङबीच बेइजिङमा भेटवार्ता

    अमेरिकी विदेशमन्त्री ब्लिङ्कन र चिनिया समकक्षी काङबीच बेइजिङमा भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 747
    SHARES

    एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र चिनियाँ विदेशमन्त्री छिन काङबीच भेटवार्ता भएको छ । चीनको दुई दिने भ्रमणकालागि बेइजिङ पुगेका ब्लिङ्कनले चिनियाँ विदेशमन्त्री छिनलाई भेटेका हुन् ।

    करीब पाँच वर्षको अन्तरालपछि अमेरिकी विदेशमन्त्रीले चीनको भ्रमण गरेको यो पहिलो पटक हो। पछिल्ला केही महिनायता अत्यधिक तनावपूर्ण भएको दुई देशबीचको सम्बन्ध सुधार्नु यस भ्रमणको मुख्य लक्ष्य भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।



    दुई देशबीचको सम्बन्ध सुधारका साथै व्यापार विवाद कम गर्ने र कुनै पनि प्रकारको आपसी टकराव हुन दिनबाट रोक्ने भ्रमणमा तीन मुख्य एजेण्डा रहेको बताइएकोछ। ब्लिङ्कनले करीब पाँच महिनाअघि नै चीनको भ्रमण गर्ने योजना रहेको थियो ।



    तर अमेरिकी आकाशमा शंकाष्पद चिनियाँ जासुसी बलुन देखिएपछि ब्लिङकनको उक्त भ्रमण स्थगित भएको थियो । र, सो घटनापछि दुई देशको सम्बन्ध थप तनावपूर्ण हुन गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार