Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • गोङ्गबुमा बस लैजानुपर्ने निर्णयप्रति असहमति

    गोङ्गबुमा बस लैजानुपर्ने निर्णयप्रति असहमति

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.6K
    SHARES

    काठमाडौँ । काठमाडौँ भित्रिने र बाहिरिने लामो तथा मध्यम दुरीका सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने व्यवस्था व्यावहारिक नभएको भन्दै यातायात व्यवसायी, मजदुर तथा यात्रुले निर्णय पुनर्विचारको माग गरेका छन् ।

    एक बसपार्क नीति अख्तियार गर्ने भन्दै गत वैशाख २९ गते महानगरपालिका प्रमुख बालेन साहको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले गरेको निर्णयमाथि पुनर्विचारको माग गरिएको छ ।



    अरनिको यातायात सेवा प्रालिका पूर्वअध्यक्ष एवं महानगरको निर्णयविरुद्ध बनेको सङ्घर्ष समितिका संयोजक केदार क्षेत्रीले कोटेश्वरपूर्वका १२ जिल्लाका यात्रुसँगै साँखु, नाङ्लेभारे र भक्तपुरका यात्रुलाई प्रत्यक्ष असर पर्ने भएकाले निर्णय सच्याउन माग गरे। उनले उपत्यकामा दैनिक साना ठुला चार हजार यात्रुवाहक सवारी भित्रने तथा बाहिरिने भएकाले गोङ्गबु बसपार्कको क्षमता मुस्किलले ७५० वटा बस मात्र अटाउन सक्ने र त्यो क्षमताले नभ्याउने भएकाले महानगरको निर्णय व्यावहारिक नभएको स्पष्ट पारे ।

    बस व्यवस्थापनको नाममा गोङ्गबुमै जानुपर्ने व्यवस्थाले व्यवसायीलाई फाइदा पुग्ने भए पनि यात्रुलाई अप्ठ्यारो पर्ने उनले दाबी गरे । गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार