Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सरकारले फिर्ता लियो उपप्राध्यापक चलाउनेलाई कुट्ने नेविसंघ कार्यकर्ताको मुद्दा

    सरकारले फिर्ता लियो उपप्राध्यापक चलाउनेलाई कुट्ने नेविसंघ कार्यकर्ताको मुद्दा

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय परिसरमा उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न नेविसंघ कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

    मुद्दाको अन्तिम पेशी असार ५ गते तोकिएका बेला अन्तिम समयमा मुद्दा फिर्ता लिन सरकारले निर्णय गरेको गरेको पत्र जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको हो ।



    अघिल्लो सरकारका पालामा तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानूनको प्रतिकूल नहुने भन्दै राय दिएपछि अघि बढेको फाइल बालकृष्ण गृहमन्त्री हुँदा निर्णय भएर कानून मन्त्रालयमा थन्किएको थियो । तर, हालै कानून मन्त्रालयमार्फत मन्त्रिपरिषद् पुगेर मुद्दा फिर्ता लिने निर्णय भएको बताइएको छ ।



    मन्त्रिपरिषद्को निर्णय जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत, काठमाडौंमा आइतबार दर्ता भएको स्रोतले बतायो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार