Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • विश्वकप छनोटमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित

    विश्वकप छनोटमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । आइतबार भएको खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले ८ विकेटले पराजित गरेको हो ।

    नेपालले दिएको २ सय ९१ रनको लक्ष्य घरेलु टोली जिम्बावेले ४४ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर भेटायो ।



    जिम्बावेका कप्तान क्रेग इरभाइन र सेन विलियम्सले शतक बनाए । इरभाइनले १ सय २१ र विलियम्सले १ सय २ रन बनाए । बलिङतर्फ सोमपाल कामी र गुलसन झाले १/१ विकेट लिए ।



    हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए ।

    आजदेखि सुरु भएको विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार