Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको निर्णयबारे दीपकराज गिरीको प्रश्न - सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ?

काठमाडौं । चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले नेपाली हलहरुमा सबै हिन्दी फिल्म बन्द गर्दा गलत अर्थ लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि नगरभित्रका हलहरुमा सबै हिन्दी फिल्म चल्न नदिने घोषणा गरेपछि गिरीको यस्तो प्रतिक्रिया आएको हो ।

मेयर शाहले आदिपुरुषमा रहेको सीताबारे विवादित संवाद फिल्मको मूल कपीबाटै नहटाएसम्म अरु हिन्दी फिल्म पनि चल्न नदिने घोषणा गरेका थिए । तर दीपकले सबै हिन्दी फिल्म बन्द गर्दा धेरै कुरा उता (भारत) बाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि भन्दै प्रश्न गरे ।

‘समस्या आदिपुरूषले निकालेको हो, त्यसैले आदिपुरुष मात्रै बन्द गरौँ । उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उता बाट त धेरै कुरा आउँछ...,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077