Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेपालले दियो जिम्बाब्वेलाई दुई सय ९१ रनको लक्ष्य

    नेपालले दियो जिम्बाब्वेलाई दुई सय ९१ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 981
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले जिम्बाब्वेलाई दुई सय ९१ रनको लक्ष्य दिएको छ।

    हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै जिम्बाब्वेलाई दुई सय ९१ रनको लक्ष्य दिएको हो।



    नेपालका लागि ओपनरद्वार कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले । कुशल शतक पूरा गर्नबाट १ रनले चुके । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।



    यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।

    कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार