Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • देशभर ढुंगा, गिटी र बालुवाको बिक्री बन्द गर्ने क्रसर व्यवसायीको निर्णय

    देशभर ढुंगा, गिटी र बालुवाको बिक्री बन्द गर्ने क्रसर व्यवसायीको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री बन्द गर्ने चेतावनी दिएको छ ।

    सरकारले क्रसर उद्योग नवीकरण नगरेको भन्दै असार १६ गतेबाट देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री बन्द गर्ने बताएको हो ।



    ११ माघ २०७९ मा मन्त्रिपरिषद् बैठकले दर्ता भएर मापदण्डविपरीत चलिरहेका उद्योगलाई २०८० को असार मसान्तसम्मको मापदन्डअनुरुप सञ्चालन हुन म्याद दिएको थियो ।



    गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएका तर, मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो ।

    सरकारले क्रसर उद्योग नवीकरण नगरेको भन्दै उत्पादन र ढुवानी रोक्ने निर्णय गरिएको महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार