Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सरकारलाई एमाले सांसद गैरेको प्रश्न – के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ?

    सरकारलाई एमाले सांसद गैरेको प्रश्न – के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ?

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 777
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद गैरेले यस्तो सोधेका हुन् ।



    भारतले पछिल्लो समय आदिपुरुष सिनेमामार्फत् सीता भारतकी छोरी हुन् भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गरे।



    सांसद गैरेले भने, ‘ अहिले फेरि यो आदिपुरे सिनेमाको नाममा सिता भारतकी छोरी हुन भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन। त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तरर्वार्तामार्फत अभिव्यक्ति दिइराखेका छन्। नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ? नेपाल सरकार स्पष्ट हुन जरुरी छ।’

    सांसद गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलबस्तु र लुम्बीनीलाई आफ्नो सदनमा नक्शांकन गरेर अत्यन्तै गलत काम गरेको भन्दै भारतप्रति आक्रोश पनि व्यक्त गरे।

    सांसद गैरेले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एकइन्च पनि भूमि छोडने पक्षमा आफूहरु नरहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार