जनकपुरधाम । नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले धनुषा प्रहरी प्रमुख एसपी विश्वराज खड्काविरुद्ध प्रदर्शन गरेका छन् ।
भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले एसपी खड्काविरुद्ध प्रदर्शन गरेको हो ।
एमालेका नेता कार्यकर्ताहरू जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरेका थिए ।
प्रदर्शनको नेतृत्व पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य उमाशंकर अरगरियाले गरेका थिए । शुक्रवार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालो मोसो दलेका थिए ।
उक्त घटनामा संलग्नहरुमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेपछि एमालेले एसपी विरुद्ध प्रदर्शन गरेको बुझिएको छ ।
Leave a Reply