Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको हो ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुन: समस्या देखिएको हो । राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।

गत मंगलबार मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका पौडेल गत बुधबार मात्र डिस्चार्ज भएका थिए ।

 

352853636_672595948034587_6797679710599572618_n

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077