Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इमाडोलमा बीच सडकमै पल्टियो बस, १८ जना घाइते

काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना भएको छ ।

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो ।

प्रहरी प्रभाग इमाडोलका अनुसार बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । बसमा २४ जना सवार रहेको बुझिएको छ ।

६ जनाको अवस्था सामान्य रहेको घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हनुसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077