मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
उपमहानगरपालिकाले आज आह्वान नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।
असार १० गते भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा हुने नगर सभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्नेछन् ।
Leave a Reply