Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    पूर्वमन्त्री रायमाझी र खाँणसहित १६ जना केन्द्रीय कारागार चलान

    पूर्वमन्त्री रायमाझी र खाँणसहित १६ जना केन्द्रीय कारागार चलान

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 975
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना कारागारमा चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरू सुनधरास्थित केन्द्रीय कारागारमा चलान भएका हुन् ।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले टंक गुरुङ र लक्ष्मी महर्जनलाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको छ। गुरुङलाई दस लाख र महर्जनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको हो । न्यायाधीश न्यौपानेको इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा बहालवाला सचिव ९निलम्बित० सहित १६ अभियुक्तलाई कारागारमै राखेर मुद्दा किनारा लगाउनेगरी आदेश दिएको हो ।



    यो आदेशसँगै पक्राउ परेका १६ अभियुक्तहरू अब न्यायिक हिरासतबाट कारागार चलान हुनेछन् । अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहित १६ र मुद्दा दायर भएपछि नियन्त्रणमा लिइएका २ जना हाल न्यायिक हिरासतमा छन् भने यो कसुरमा अरू १२ जना फरार छन् ।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

    उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायाको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो। कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार