मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाखको बजेट ल्याएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले शुक्रबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन्।
कुल विनियोजनमध्ये चालूतर्फ रु.२६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पूँजीगततर्फ रु.३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ रु.५० करोड विनियोजन गरिएको छ जुन चालूतर्फ ४२.५८ प्रतिशत, पूँजीगततर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत छ।