पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बजेट प्रस्तुत गरेका हुन् ।
पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ ।
बजेटमा सरकारले आन्तरिक ऋणलाई पनि निरन्तरता दिएको छ । संघीय सरकारबाट १ अर्ब र आन्तरिक ऋण १ अर्ब लिने भएको छ ।
वित्तीय व्यवस्थापनतर्फ ५० करोड छुट्ट्याइएको छ ।
Leave a Reply