Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • तथ्यांकमा भएको कमजोरीलाई सरकारले सच्याउँछ : प्रधानमन्त्री प्रचण्ड

    तथ्यांकमा भएको कमजोरीलाई सरकारले सच्याउँछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 738
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातजातिलाई फुटाएर देशको हित नहुने बताएका छन् ।

    खुलामञ्चमा शुक्रबार मगर समुदायको भूमे पर्वका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले जनजातिलाई फुटाएर देशलाई कुनै हित नहुने भन्दै तथ्यांकमा भएको कमजोरी सच्याउन सरकार तयार रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकारबाट नियतवश त्यस्तो कमजोरी नभएको समेत बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘देशलाई, जनजातिलाई वा कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन, यसमा सरकारको कुनै नियत पनि छैन, हामी प्रस्ट छौं । यसलाई सरकारले सच्याउँछ । म प्रधानमन्त्री नै त्यसलाई सच्याउनका लागि तयार भइसकेको छु ।’

    उनले पछाडि परेका जातजाति, वर्ग समुदायको संघर्ष र बलिदानीबाटै नेपालमा लोकतन्त्र प्राप्तिसम्मका आन्दोलन सफल भएको भन्दै ती समुदायको अहित हुने गरी सरकारले कुनै पनि काम नगर्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले तथ्यांक विभाग प्रधानमन्त्री कार्यालय मातहतमै रहेको भए पनि आफूलाई जनजातिका जातजातिहरूलाई अलग गरेर तथ्यांक संकलन भएकोबारे कुनै जानकारी नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार