Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाजवादी मोर्चामा समावेश हुने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी(नेकपा एस)ले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले मोर्चा आजै घोषणा हुने भनिए पनि दलहरूका आ–आफ्ना तयारी बाँकी नै रहेकाले अझै केही दिन लाग्न सक्ने ब्रिफिङ गरेका थिए ।

बैठकले समाजवादी मोर्चाबारे त्यसका सैद्धान्तिक र व्यवहारिक पक्षहरुमाथि समेत छलफल गरी मोर्चा बनाउने विषयमा औपचारिक निर्णय गरेको छ ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित दलहरू मोर्चामा सामेल हुने विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077