काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।
आज बिहान संघीय संसद् सचिवालयमा संसदीय सुनुवाइ समितिमा कार्कीसँग सांसदहरूको सवालजवाफ सुरु भएको हो ।
सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् । बिहीबार नै कार्कीले भावी प्रधानन्यायाधीशका रूपमा आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
Leave a Reply