Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • अर्याल बने नयाँ मुख्य सचिव : अवकाशको मुखमै कसरी मारे छलाङ ?

    अर्याल बने नयाँ मुख्य सचिव : अवकाशको मुखमै कसरी मारे छलाङ ?

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 960
    SHARES

    काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ ।

    सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा अर्याल अप्रत्यासित रूपमा सरकारको मुख्य सचिवमा नियुक्त भएका हुन् । उनी आगामी तीन वर्षका लागि मुख्य सचिव बनेका छन् ।



    बिहीबार आकस्मिक रुपमा सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले हालका मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्दै उनको ठाउँमा अर्याललाई ल्याएको हो ।



    अर्यालको यो नियुक्तिलाई ‘नाटकीय’ र ‘अप्राकृतिक’ रूपमा हेरिएको छ । राजनीतिक र प्रशासन दुवै विकृत भइरहेको अवस्थामा उनी मुख्य सचिव बन्दै गर्दा उहाँमाथि चुनौतीको चाङ छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार