जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट एक बिचौलिया पक्राउ परेका छन् ।
यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानरपालिका-१४ का २६ वर्षीय सुवास कुमार राउतलाई पक्राउ गरेको हो ।
शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका राउतमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
Leave a Reply