काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
उपाध्यक्ष डा. श्रेष्ठ र राजदूत सोङबीच बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा भेट भएको हो ।
भेटका क्रममा आगामी जुलाई (देखि १) सम्म बेइजिङमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सीको आयोजनामा ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ को पहिलो उच्चस्तरीय बैठकको विषयमा छलफल भएको बताईएको छ ।
चिनियाँ राजदूत सोङले उपाध्यक्ष श्रेष्ठसँग उक्त बैठकमा नेपालको सहभागिताका सन्दर्भमा समेत चासो राखेका थिए ।
राजदूत सोङले राष्ट्रिय योजना आयोगको १६औँ योजनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत बताए।
Leave a Reply