Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगर प्रहरीले बन्द गरायो हिसान शैक्षिक मेला

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सुरु भएको कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौँ संस्करण बन्द गरेको छ।

स्थानीय तहसँग समन्वय नगरी एईईको रिजल्ट प्रकाशित नहुँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै नगर प्रहरी पुगेर मेला बन्द गराएका हुन् ।

नगर प्रहरीले बिहिबार सोही मेलाबाट कागज पत्र समेत जफत गरेको महानगरले जनाएको छ ।

कान्तिपुर पब्लिकेसन्स र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले संयुक्त रूपमा आयोजना गरेको मेलाको बिहिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।

मेला बन्द गराईए पनि स्थानिय तहसँग समन्वय गरेर भोलिदेखि कुन कुन विषय पढाइ हुने भन्ने जानकारी गराएमा भने सञ्चालन गर्न दिने तयारी भईरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077