Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • माइतीघरमा शिक्षक र प्रहरीबीच घम्साघम्सी, ४ जना पक्राउ

    माइतीघरमा शिक्षक र प्रहरीबीच घम्साघम्सी, ४ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 726
    SHARES

    काठमाडौं । सेवा सुरक्षा ग्यारेन्टीसहितको माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले बिहीबार पनि काठमाडौं विरोध प्रदर्शन गरेका छन् ।

    जेठ २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका देशभरका विद्यालय कर्मचारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।



    नेपाल विद्यार्थी कर्मचारी परिषद्को अगुवाइमा भइरहेको आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बस्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।



    प्रदर्शनको क्रममा सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेको भन्दै प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूलाई प्रहरीको सिंहदरबार वृत्तमा राखिएको छ ।

    विद्यालयका पियन, लेखापाल लगायतका कर्मचारीले निजामती कर्मचारीसरह सेवा सुविधा आफूहरुलाई पनि दिनुपर्ने माग राख्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार