काठमाडौं । प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ शुक्रबारदेखि नेपालमा पनि रिलिज हुँदैछ। रिलिज हुन एक दिन मात्रै बाँकी हुँदा दर्शकहरूले धमाधम बुकिङ गरिरहेका छन्।
चलचित्रको आइतबारबाट अग्रिम बुकिङ सुरु भएसँगै दिल्लीमा एक टिकट २२०० भारूमा विक्री भइरहेको छ। थ्री-डीमा टिकटको मूल्य २२०० राखिएको छ भने टु-डीमा २००० राखिएको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार टिकटमा उच्च मूल्य हुँदा पनि माग घटेको छैन। कतिपय हलमा ३ दिनसम्म टिकट शोल्ड आउट भएको बताइएको छ।
बिहीबार बिहान ११ बजेसम्म भारतका दुई ठूला मल्टीप्लेक्स चेनमा मात्र ४ लाख ७९ हजार बढी टिकट विक्री भइसकेको छ।
हिन्दी, तेलेगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुने फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावण र कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।
Leave a Reply