काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्कीले न्यायालय सुधारको कार्ययोजना पेस गरेका छन् ।
संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा कार्कीले आफ्नो २० पेज लामो कार्ययोजना पेस गरेका हुन् ।
कार्कीले अदालतहरूमा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताएका छन् । उनले न्यायिक सुशासनका लागि उच्च प्राथिमकता दिने प्रतिबद्धतासमेत जनाएका छन् ।
पछिल्लो समय न्यायपालिकामा सुशासनको विषयलाई लिएर टीकाटीप्पणी भइरहेको भन्दै विकृतिविहीन न्यायपालिका आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
कार्कीले आफ्नो कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्त बमोजिम स्वच्छ, निष्पक्ष र छिटोछरितो गुणस्तरीय न्याय सम्पादन गरी सवैका लागि न्याय सुनिश्चित गर्नु पहिलो जिम्मेवारी रहेको बताएका छन् ।
यस्तो छ कार्कीको कार्ययोजना :
Leave a Reply