Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • घोराही सिमेन्टको आइपिओ बिक्री खुला

    घोराही सिमेन्टको आइपिओ बिक्री खुला

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 762
    SHARES

    काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज देखि प्रिमियममा आइपिओ बिक्री खुला गरेको छ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।



    कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ।



    उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि असार १४ गतेसम्म लम्बिनेछ।

    कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार