Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त

काठमाडों । सरकारले वैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव शंकरदास बैरागीको मुख्यसचिवको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको थियो। तर उनलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरिएको हो।

हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

बैकुण्ठ अर्यालले २ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077